Thursday, 17 August 2017 01:28 pm, Nepal

भूकम्पपीडितलाई कृषि औजार

मेचीकाली : 2017-06-15 15:40:29

खोटाङ, १ असार : भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गरेको छ ।किसानलाई जमिन जोत्ने हाते ट्र्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक झोलालगायत कृषि औजार वितरण गरेको हो ।

पुरा पढ्नुहोस्

नमुना मतदानमै अलमलिए मतदाता

मेचीकाली : 2017-06-01 08:39:31

खोटाङ, १८ जेठ : स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।

पुरा पढ्नुहोस्

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

मेचीकाली : 2017-05-24 08:21:23

खोटाङ, १० जेठ : वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

पुरा पढ्नुहोस्

कुहिएको चामल नष्ट गर्न आयोगको निर्देशन

मेचीकाली : 2017-05-23 08:22:59

खोटाङ, ९ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल गाडेर नष्ट गर्न निर्देशन दिएको हो ।

पुरा पढ्नुहोस्

थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु

मेचीकाली : 2017-04-24 10:43:29

खोटाङ, ११ वैशाख : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको रु नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको काम भइरहेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु