Monday, 26 June 2017 02:35 am, Nepal

अबरुद्द रहेको इको हाइड्रो पावर पुन संचालनमा

मेचीकाली : 2017-05-11 08:43:40

ओखलढुंगा, २८ वैशाख : ओखलढुगांमा बिगत दुई महिनादेखि अबरुद्ध रहेको इको हाइड्रो पावर फेरि संचालनमा आएको छ । जिल्लाको साबिक पोकली गाबिस वडा नं ९ मा रहेको महाबिर खोला इको हाइड्रो पावर पुन मर्मत गरी संचालनमा आएको हो । केही महिना अघि हाइड्रो पावरको पावर हाउसमा रहेको मेसिनमा खराबी आएपछि झण्डै २ महिना त्यहाँको बिद्युत सेवा अबरुद्ध बनेको थियो ।

पुरा पढ्नुहोस्

बोक्सी धपाउने भन्दै आगो खेलाउँदा झाँक्रीकै अनुहार जल्यो

मेचीकाली : 2017-04-04 14:52:27

सोलुखुम्बु, २२ चैत : बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर उनी गम्भीर घाइते भएका छन् । सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।

पुरा पढ्नुहोस्

विवाद बढेपछि बाँकी गाविसमा अनुदान वितरण शिविर स्थगित

मेचीकाली : 2016-12-09 08:53:09

ओखलढुंगा, २४ मङ्सिर : ओखलढुंगाका दुर्गम गाँउमा अनुदान वितरण गर्दा हेलिकप्टर प्रयोग गरिएको विषयमा विवाद बढेपछि अन्य गाविसमा अनुदान वितरण शिविर स्थगित भएको छ । बैंकका कर्मचारीहरुले विवाद टुंगो नलागेसम्म गाउँ नजाने अडान राखेपछि शिविर स्थगित भएको हो । गाउँमा शिविर शुरु हुन अघि नै लाभग्राहीबाट रकम संकलन गर्न थालिएको कारण समेत बैंकका कर्मचारी गाउँ जान नमानेका हुन् ।

पुरा पढ्नुहोस्

बाबुको काजक्रियामा छोरी

मेचीकाली : 2016-12-05 08:46:43

ओखलढुंगा, २० मङ्सिर : छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिनुभएको छ । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बन्नुभएको हो ।

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

मेचीकाली : 2016-07-07 08:38:51

ओखलढुंगा, २३ असार : ओखलढुगाको सिद्धिचरण नगरपालिका १ ठाडेमा जिप दुर्घटना हुदाँ आज एक जनाको मृत्यू भएको छ । जिल्लाको जन्तरखानी गाविस वडा नं १ का मिठे मगरको दुर्घटनामा परी मृत्यु भएको हो । जन्तरखानीबाट ओखलढुगां सदरकुकाम तर्फ आउँदै गरेको बा१च ७१५९ नम्बरको टोयटा पिकअप भ्यान अनियन्त्रीत भई सडक बाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु