dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाको सगरमाथाको क्याम्प टुबाट उद्धार

मेचीकाली : 2017-05-26 08:54:49

सोलुखुम्बु, १२ जेठ :   पर्वतारोही फुर्वा तेन्जिङ शेर्पालाई सगरमाथाको क्याम्प टु बाट उद्धार गरी उपचारको लागि काठमाडौं ल्याइएको छ । उहाँको धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । शेर्पालाई फ्रोस्ट वाइट भएको र स्वास प्रश्वासमा कठिनाइ भएपछि क्याम्प टु बाट उद्धार गरी अस्पताल ल्याइएको एक्पिडिसन कम्पनी ड्रिमर्स डेस्टिनेसन का म्यानेजर पाल्देन शेर्पाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

मेचीकाली : 2017-05-24 18:04:27

सोलुखुम्बु, १० जेठ : एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

१२० आरोही सगरमाथा शिखरमा

मेचीकाली : 2017-05-22 08:21:35

अमेरिकी आरोहीको मृत्यु

सोलुखुम्बु, ८ जेठ:  सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

पुरा पढ्नुहोस्

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

मेचीकाली : 2017-04-29 17:27:04

सोलुखुम्बु, १६ वैशाख : काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

पुरा पढ्नुहोस्

प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

मेचीकाली : 2017-04-23 17:08:05

सोलुखुम्बु, १० वैशाख : नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्/रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु