dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान

मेचीकाली : 2017-06-03 14:24:23

सोलुखुम्बु, २० जेठ : हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।

पुरा पढ्नुहोस्

लुक्लामा विमान दुर्घटना हुँदा बिदामा थिएँ – लुक्ला प्राधिकरण प्रमुख

मेचीकाली : 2017-06-01 15:47:17

सोलुखुम्बु, १८ जेठ : नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ । स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा दुर्घटना भएको उहाँको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उहाँ बताउनुहुन्छ ।

पुरा पढ्नुहोस्

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्रमा तानिए

मेचीकाली : 2017-06-01 08:48:53

सोलुखुम्बु, १८ जेठ : गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको जनाइएको छ ।

पुरा पढ्नुहोस्

गोमा एअरको कार्गो विमान दुर्घटना, पाइलट पारस राईको मृत्यु

मेचीकाली : 2017-05-27 17:14:35

सोलुखुम्बु, १३ जेठ : गोमा एअरको एउटा कार्गो विमान शनिबार लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको ‘नाइन एन ए के वाई’ कलसाइन भएको कार्गो विमान अवतरणकाक्रममा रुखमा ठोक्किएर दिउँसो २ बजेर ४ मिनेटमा दुर्घटना भएको हो । रुखमा ठोक्किएर पछारिएको विमान तीन टुक्रा भएको जनाइएको छ ।

पुरा पढ्नुहोस्

‘हिलारी स्टेप’ भत्किएको छैन– पथ प्रदर्शक शेर्पा

मेचीकाली : 2017-05-26 16:20:17

सोलुखुम्बु, १२ जेठ : सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु