dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन

मेचीकाली : 2017-07-17 15:52:57

सोलुखुम्बु, २ साउन : पर्याप्त पानी नपरेका कारण सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन । साउन लाग्दासमेत पर्याप्त पानी नपर्दा मूल नफुटेकाले रोपाइँ गर्न कठिनाइ भएको नेचासल्यान गाउँपालिकाका उज्ज्वल कट्टेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध

मेचीकाली : 2017-07-10 07:58:54

सोलुखुम्बु, २६ असार : सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

अङ्ग्रेजी माध्यमको शिक्षा पहिलो प्राथमिकता

मेचीकाली : 2017-07-06 08:19:20

सोलुखुम्बु, २२ असार : दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गर्नुभएसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गर्नुभएको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

अन्यत्र विजयोत्सव, शून्य मतदान भएको तिंला सुनसान

मेचीकाली : 2017-07-05 11:23:41

सोलुखुम्बु, २१ असार : सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ । अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् ।

पुरा पढ्नुहोस्

लुक्लामा पर्यटक अलपत्र

मेचीकाली : 2017-06-21 13:42:29

सोलुखुम्बु, ७ असार : बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु