dashain
Wednesday, 17 October 2018 01:11 am, Nepal

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

मेचीकाली : 2017-10-29 13:04:26

विराटनगर, १२ कात्तिक : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो ।

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा दुईको मृत्यु

मेचीकाली : 2017-10-21 14:53:33

मोरङ, ४ कात्तिक : जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्

तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

मेचीकाली : 2017-10-12 14:05:24

मोरङ, २६ असोज : तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

पुरा पढ्नुहोस्

फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५बाट सिफारिस

मेचीकाली : 2017-10-11 16:36:53

विराटनगर, २५ असोज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।

पुरा पढ्नुहोस्

बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

मेचीकाली : 2017-10-08 10:18:48

विराटनगर, २२ असोज : बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु