Friday, 27 April 2018 10:30 am, Nepal

पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएको छैन : नेता खनाल

मेचीकाली : 2018-04-14 19:26:59

बिराटनगर, १ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०÷५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पारे ।

पुरा पढ्नुहोस्

आचार्यमाथि गोली प्रहार

रासस: 2018-04-08 13:16:09

विराटनगर, २५ चैत: बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

मेचीकाली : 2018-03-31 11:26:11

– सुमन घिमिरे

उर्लाबारी, १७ चैत : तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका लागि खुला गरिनेछ ।

पुरा पढ्नुहोस्

वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

मेचीकाली : 2018-03-10 08:04:55

विराटनगर, २६ फागुन : वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ ।

पुरा पढ्नुहोस्

प्रदेश नं १ को समृद्धि : धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

मेचीकाली : 2018-02-24 13:00:24

–सुमन घिमिरे

उर्लाबारी, १२ फागुन : प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ ।देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्ला समेटिएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु