Monday, 16 July 2018 04:14 pm, Nepal

मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ

मेचीकाली : 2017-03-06 14:29:30

सुनसरी, २३ फागुन : नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लाग्नुभएको हो । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

घरमा काम गर्न बसेकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा धरानबासी आन्दोलित

मेचीकाली : 2017-03-02 08:45:10

धरान, १९ फागुन : सुनसरीको धरान १६ जोरसखुवा स्थित धर्मपुत्रीको रूपमा पालिएकी १३ बर्षीया अनुषा राईको रहस्यमय मृत्यु भएपछि तिन दिन यता बालिकाको हत्या भएको भन्दै धरानबासीहरू आन्दोलनमा उत्रिएका छन् । जोरसखुवा छेउ बस्ने बलिमान राई र पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पालेकी १३ बर्षिया अनुसा राईको गत सोमबार राती रहस्यमय मृत्यु भएपछि आफन्त तथा धरानवासिहरूले बालिकाको हत्या भएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

पुरा पढ्नुहोस्

सीमा क्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने

मेचीकाली : 2017-02-27 08:46:26

इनरुवा, १६ फागुन : सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो ।

पुरा पढ्नुहोस्

ग्यास सिलिन्डर पड्किदा तीन घाइते

मेचीकाली : 2017-02-24 14:17:43

इटहरी, १३ फागुन : सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन् ।

पुरा पढ्नुहोस्

सेनाको इटहरीमा सरसफाइ अभियान

मेचीकाली : 2017-02-21 10:59:21

इटहरी, १० फागुन : नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको १०० भन्दा बढी सैनिक जनशक्तिले आज बृहत् सरसफाइ अभियान सम्पन्न गरेको छ । नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु