Monday, 18 December 2017 03:07 am, Nepal

‘मदन भण्डारीको विचार पार्टीको आधिकारिक धारणा’

रासस: 2010-09-23 18:02:42

pokhrel इटहरी, ७ असोज : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्वर्गिय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई बुटवलमा भएको महाधिवेशनले समेत कार्यान्वयन गर्ने निर्णय गरेकाले त्यही राजनीतिक दस्तावेज अनुरुप पार्टी क्रियाशील हुनुपर्ने बताएका छन् । नेकपा (एमाले) सुनसरीले आज यहाँ आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनपछि बोल्दै उनले पार्टीलाई जीवन्त तुल्याइराख्न तल्लो तहबाटै जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

पुरा पढ्नुहोस्

दुई टाउका भएको शिशुको जन्म

रासस: 2010-09-21 14:15:56

सुनसरी, ५ असोज : सुनसरी जिल्लाको इटहरी–९ सरदार बस्तीमा आज बिहान अनौठो एक शिशुको जन्म भएको छ ।     एक्काइस वर्षीया ममता सरदारले आफ्नो तेस्रो सन्तानको रुपमा आज बिहान १० बजे एउटा शरीर र दुईवटा टाउको भएको बालिका जन्मिएकी थिइन् । सो बच्चाको जन्माएको आधाघन्टापछि मृत्यु भएको थियो । इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीनपटकसम्म गर्भमा भएको बच्चाको स्वास्थ्य जाँच गराएकी ममताले आफ्नो पेटमा दुईवटा टाउको भएको जानकारी नपाएको र जन्म दिएपछि मात्र उनले दुईवटा टाउको भएको देख्न पाएको बताइन् ।

पुरा पढ्नुहोस्

चन्दा नपाएपछि स्कुल तोडफोड

एजेन्सी: 2010-09-13 15:03:34

धरान, २८ भदौ
चन्दा नदिएको झोकमा एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले यहाँको एक निजी शैक्षिक संस्थामा सोमबार तोडफोड गरेको छ। अखिल क्रान्तिकारीले माग गरेवमोजिम १२ लाख चन्दा नदिँदा धरान ४ स्थित सुनसरी टेक्निकल स्कुलमा सोमबार तोडफोड गरेको हो। संगठनको केन्द्रीय सदस्य मदन चुडालको नेतृत्वमा आएको करिब ६ जना विद्यार्थीहरुको समुहले स्कुलको लेखा र प्रशासन शाखाको टेवल, शिशामा तोडफोड गरेर क्षति पुर्याएको छ भने एउटा कम्प्युटर पनि क्षतिग्रस्त बनाएको छ।

पुरा पढ्नुहोस्

पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित

मेचीकाली : 2010-09-08 15:38:28

सुनसरी, २३ भदौ
सङ्घीय लिम्बुवान राज्यपरिषद्ले सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै सहमतिहरू कार्यान्वयनका लागि दबाब दिन आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । अरूणपूर्वका ९ जिल्लालाई लक्षित गरी बन्द आह्वान गरिएकाले पूर्वी नेपालका पहाडी क्षेत्रमा चल्ने सवारीसाधन ठप्प छ भने तराईका जिल्लाहरूमा थोरै मात्र यातायातका साधनहरू चलेका छन् । यस क्षेत्रका पसल, उद्योग कलकारखाना र शिक्षण संस्थाहरूमा पनि बन्दको प्रभाव परेको छ ।

पुरा पढ्नुहोस्

प्रहरी घेराबाट अभियुक्त फरार

मेचीकाली : 2010-08-27 09:54:24

इटहरी, ११ भदौ 
सुनसरी तथा आसपासका जिल्लाबाट मोटरसाइकल चोरी गरी बेचेकोे अभियोगमा पक्राउ परेका छमध्ये दुईजना प्रहरी घेराबाट फरार भएका छन् । चोरीको मोटरसाइकलसँगै पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागमा बुझाउने क्रममा उनीहरु फरार भएका हुन् । राजस्व अुनसन्धान विभागका प्रमुख दुर्गाप्रसाद आचार्यले आफ्नो कार्यालयलाई अभियुक्तहरु नबुझाइएकाले त्यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु