सुनसरी, १२ चैत : सुनसरीमा गएराती भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । कोशी गाउँपालिका १ मा रहेको लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी, २ फागुन : सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द हुन पुगेका छन् ।
इटहरी, ४ माघ : सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् ।
इटहरी, २५ पुस : सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
इटहरी, ६ मंसिर : हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन । बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुका कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको छ ।