Friday, 22 June 2018 01:18 pm, Nepal

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कर्फ्यु

मेचीकाली : 2018-01-18 14:23:06

धनकुटा, ४ माघ : धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यु जारी गरेको छ ।बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ ।

पुरा पढ्नुहोस्

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

मेचीकाली : 2017-12-01 14:20:57

धनकुटा, १५ मंसिर : ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् ।

पुरा पढ्नुहोस्

छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’

मेचीकाली : 2017-11-30 13:46:02

धनकुटा, १४ मंसिर : खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् । “हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहँुदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भन्नुभयो ।

पुरा पढ्नुहोस्

करेन्ट लागेर राईको मृत्यु

मेचीकाली : 2017-05-12 08:13:57

धनकुटा, २९ वैशाख : धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

संकट देखाएर सत्ता लम्ब्याउने खेल सुरु भएको एमाले अध्यक्ष ओलीको आरोप

मेचीकाली : 2017-01-18 18:01:14

धनकुटा, ५ माघ : सरकारले संबैधानीक संकट देखाएर सत्ता लम्ब्याउने खेल सुरु  गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।  धनकुटामा आज कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । भारततर्फ संकेत गर्दै उहाले बाह्य स्वार्थ सहित भरीया बनेर आएका राजनितिक दलका स्वार्थमा संविधान संसोधन नहुने दावी गर्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु