Happy tihar
Saturday, 21 October 2017 10:56 am, Nepal

करेन्ट लागेर राईको मृत्यु

मेचीकाली : 2017-05-12 08:13:57

धनकुटा, २९ वैशाख : धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

संकट देखाएर सत्ता लम्ब्याउने खेल सुरु भएको एमाले अध्यक्ष ओलीको आरोप

मेचीकाली : 2017-01-18 18:01:14

धनकुटा, ५ माघ : सरकारले संबैधानीक संकट देखाएर सत्ता लम्ब्याउने खेल सुरु  गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।  धनकुटामा आज कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । भारततर्फ संकेत गर्दै उहाले बाह्य स्वार्थ सहित भरीया बनेर आएका राजनितिक दलका स्वार्थमा संविधान संसोधन नहुने दावी गर्नुभयो ।

पुरा पढ्नुहोस्

तीन किसान पुरस्कृत

मेचीकाली : 2016-10-21 16:14:49

धनकुटा, ५ कात्तिक : जिल्लाका तीन किसानलाई आज राष्ट्रपति पुरस्कार २०७३ बाट पुरस्कृत गरिएको छ ।जिल्ला कृषि विकास कार्यालयले मौनाबुधुक गाविस– ९ का सुरेन्द्रबहादुर चेम्जोङ, धनकुटा नगरपालिका– २ का जितेन्द्र राई तथा सोही नगरपालिका– ७ का मातृका राईलाई पुरस्कृत गरिएको हो ।

पुरा पढ्नुहोस्

अस्पतालमा अलपत्र परे भक्तबहादुर

मेचीकाली : 2016-09-23 08:27:37

धनकुटा, ७ असोज : आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् ।

पुरा पढ्नुहोस्

गोलीप्रहार गरी एकको हत्या

मेचीकाली : 2016-09-17 14:26:31

धनकुटा, १ असोज : धनकुटाको डाँडागाउँमा शुक्रबार राति गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ । डाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका– १४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु