Tuesday, 19 June 2018 04:14 pm, Nepal

सहकारी खुलेपछि कृषकलाई राहत

मेचीकाली : 2017-03-30 16:04:50

तेह्रथुम, १७ चैत : ओख्रेमा ताक्लुङ सहकारी संस्था स्थापना भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ ।संस्थाले स्थानीयस्तरमा उत्पादित कृषिजन्य थोक सामग्री खरिद गरेपछि कृषकलाई सहज भएको हो ।

पुरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गबाट पीडितले थाले आन्दोलन

मेचीकाली : 2017-02-17 08:50:56

तेह्रथुम, ६ फागुन : तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न माग गरेका हुन् ।

पुरा पढ्नुहोस्

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

मेचीकाली : 2017-02-13 14:15:14

तेह्रथुम, २ फागुन : जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बाख्रापालनबाटै बदलियो ‘लीलामायाको जीवन’

मेचीकाली : 2017-02-12 14:50:51

तेह्रथुम, १ फागुन : तेह्रथुमको फाक्चामारा गाविसको दक्षिणी दुर्गम गाउँ हक्पाराकी ‘लीलामाया लिम्बूको परिवारलाई दुईवर्ष अघिसम्म बिहान/बेलुका हातमुख जोर्नै धौ धौ हुन्थ्यो । अभावै– अभावले ग्रस्त थियो, लीलामायाको जीवन।’ तमोर नदीसँग जोडिएको सुख्खाग्रस्त यो बस्तीमा त्यसै पनि पिउने पानीकै सकस । ‘न गाउँमा कुनै सेवासुविधा, न बिजुली बत्ती नै ।

पुरा पढ्नुहोस्

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

मेचीकाली : 2017-02-09 08:34:01

तेह्रथुम, २७ माघ : तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट रु ४० लाखभन्दा बढी सङ््कलन भएको र यो क्रम निरन्तर रहेको प्रधानाध्यापक जयप्रकाश इङनामले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु