Wednesday, 21 February 2018 01:08 pm, Nepal

बाख्रापालनबाटै बदलियो ‘लीलामायाको जीवन’

मेचीकाली : 2017-02-12 14:50:51

तेह्रथुम, १ फागुन : तेह्रथुमको फाक्चामारा गाविसको दक्षिणी दुर्गम गाउँ हक्पाराकी ‘लीलामाया लिम्बूको परिवारलाई दुईवर्ष अघिसम्म बिहान/बेलुका हातमुख जोर्नै धौ धौ हुन्थ्यो । अभावै– अभावले ग्रस्त थियो, लीलामायाको जीवन।’ तमोर नदीसँग जोडिएको सुख्खाग्रस्त यो बस्तीमा त्यसै पनि पिउने पानीकै सकस । ‘न गाउँमा कुनै सेवासुविधा, न बिजुली बत्ती नै ।

पुरा पढ्नुहोस्

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

मेचीकाली : 2017-02-09 08:34:01

तेह्रथुम, २७ माघ : तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट रु ४० लाखभन्दा बढी सङ््कलन भएको र यो क्रम निरन्तर रहेको प्रधानाध्यापक जयप्रकाश इङनामले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बजेट नहुँदा महिला सामुदायिक भवन अलपत्र

मेचीकाली : 2017-01-21 13:40:35

तेह्रथुम, ८ माघ : तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ । महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो ।

पुरा पढ्नुहोस्

छपन्न वर्ष पुरानो योजना अझै पूरा भएन

मेचीकाली : 2017-01-10 11:26:24

तेह्रथुम, २६ पुस : निर्माण सुरु भएको ५६ वर्ष बितिसक्दा पनि तेह्रथुमको पिंंगुवा सिँचाइ आयोजना पूरा नहँुदा म्याङलुङ नगरपालिकाका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । विसं २०१६ मा निर्माण सुरु भएको १८ किलोमिटर लामो यो आयोजना निर्माणका लागि स्थानीयले माग गरेपनि सुनुवाइ नभएको साव्ला गाविसका पूर्व अध्यक्ष एवम् पिंगुवा सिँचाइ आयोजनाका अध्यक्ष अभिनारायण लिम्बूले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बस दुर्घटनामा पाँचको मृत्यु

मेचीकाली : 2016-12-11 15:50:17

तेह्रथुम, २६ मङ्सिर : तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु