Friday, 23 February 2018 10:22 am, Nepal

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

मेचीकाली : 2017-09-11 18:27:17

रकाश धौलाकोटी

तेह्रथुम, २६ भदौ : तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् ।

पुरा पढ्नुहोस्

अदुवा उत्पादनमा वृद्धि

मेचीकाली : 2017-09-04 15:25:50

तेह्रथुम, १९ भदौ : यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो । गत वर्ष तीन हजार २८६ मेट्रिक टन उत्पादन भएको थियो ।

पुरा पढ्नुहोस्

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

मेचीकाली : 2017-07-28 14:07:09

तेह्रथुम, १३ साउन : जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

पुरा पढ्नुहोस्

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

मेचीकाली : 2017-06-15 15:39:17

तेह्रथुम, १ असार : जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो ।

पुरा पढ्नुहोस्

अदुवा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री प्रदान

मेचीकाली : 2017-06-04 11:15:22

तेह्रथुम, २१ जेठ : तेह्रथुममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तरगत अदुवा पकेट क्षेत्रका १ सय ५० जना किसानलाई विभिन्न सामग्री प्रदान गरिएको छ । म्याङलुङ्ग नगरपालिका १० तम्फुलामा रहेको अदुवा पकेट क्षेत्र कार्यक्रममा आवद्ध भएका एकसय ५० किसानलाई कृषि सामग्री प्रदान गरिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु