Friday, 23 February 2018 10:20 am, Nepal

अलैँची र चियाको समस्या सुल्झाउन सञ्जाल गठन

मेचीकाली : 2017-10-05 13:34:14

तेह्रथुम, १९ असोज : तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ । अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो ।

पुरा पढ्नुहोस्

सातवटा खानेपानी योजना निर्माण शुरु

मेचीकाली : 2017-10-02 10:41:03

तेह्रथुम, १६ असोज : तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो ।

पुरा पढ्नुहोस्

प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

मेचीकाली : 2017-09-24 10:02:52

तेह्रथुम, ८ असोज (रासस) : सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

पुरा पढ्नुहोस्

लोकमार्गले उठिबास लगायो

मेचीकाली : 2017-09-21 14:29:40

तेह्रथुम, ५ असोज : गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित हुनुहुन्थ्यो । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उहाँलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकले विकास होइन उहाँ जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ ।

पुरा पढ्नुहोस्

आलुमा आत्मनिर्भर बन्दै

मेचीकाली : 2017-09-13 14:04:29

तेह्रथुम, २८ भदौ : आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा रु ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु