Happy tihar
Friday, 20 October 2017 12:57 pm, Nepal

आठराई गाउँपालिकालाई जग्गा दिन होडबाजी

मेचीकाली : 2017-10-13 14:23:16

तेह्रथुम, २७ असोज : तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो ।

पुरा पढ्नुहोस्

तरकारीको मूल्य आकासियो

मेचीकाली : 2017-10-11 16:38:15

तेह्रथुम, २५ असोज : दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।

पुरा पढ्नुहोस्

अलैँची र चियाको समस्या सुल्झाउन सञ्जाल गठन

मेचीकाली : 2017-10-05 13:34:14

तेह्रथुम, १९ असोज : तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ । अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो ।

पुरा पढ्नुहोस्

सातवटा खानेपानी योजना निर्माण शुरु

मेचीकाली : 2017-10-02 10:41:03

तेह्रथुम, १६ असोज : तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो ।

पुरा पढ्नुहोस्

प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

मेचीकाली : 2017-09-24 10:02:52

तेह्रथुम, ८ असोज (रासस) : सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु