Tuesday, 19 December 2017 02:16 am, Nepal

उम्मेदवार सवार गाडीमाथि बम प्रहार

मेचीकाली : 2017-11-14 16:46:57

संखुवासभा, २८ कात्तिक : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

पुरा पढ्नुहोस्

अलैंची किसानहरु संगठित हुँदै

मेचीकाली : 2017-09-24 10:14:25

संखुवासभा, ८ असोज : बिचौलीयाहरुको प्रभाव बढेर किसानहरुले पाउनुपर्ने मुल्य नपाउँदा संखुवासभाका जिल्लाका अलैची किसानहरु संगठित बन्न थालेका छन् । सदरमुकाम खाँदबारीमा भएको अगुवा किसानहरुको भेलाले अलैंची किसान संघ गठन गर्नका लागि ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

पुरा पढ्नुहोस्

एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

मेचीकाली : 2017-07-26 08:04:39

संखुवासभा, ११ साउन : संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ नागरिक भत्ता वितरणमा जुटेका हुन् ।

पुरा पढ्नुहोस्

अरुण जलविद्युत् आयोजना : निजी जग्गा प्राप्ति सहज, सरकारी जटिल

मेचीकाली : 2016-12-22 14:17:50

सङ्खुवासभा, ७ पुस : जलविद्युत् आयोजनाका सबैभन्दा जटिल विषयको रुपमा रहेको मुआब्जा वितरण प्रक्रियाले गति लिएपछि भारतीय कम्पनीले निर्माण सुरु गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना मोडल आयोजनाको रुपमा अगाडि बढ्ने भएको छ ।

पुरा पढ्नुहोस्

दुई वर्षभित्र नै अपर पिलुवाखोला बन्ने

मेचीकाली : 2016-06-30 13:39:11

सङ्खुवासभा, १६ असार : सङ्खुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत् अपर पिलुवा खोला जलविद्युत् आयोजना २ वर्षभित्र वन्ने भएको छ ।उक्त आयोजना सञ्चालनका लागि नेपाल बङ्गलादेश बैंकको लगानी हुने भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु