Wednesday, 26 September 2018 02:50 pm, Nepal

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

मेचीकाली : 2017-11-11 13:05:36

झापा २५ कात्तिक : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा

मेचीकाली : 2017-11-10 14:38:01

भद्रपुर, २४ कात्तिक : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको हो । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

पुरा पढ्नुहोस्

हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म

मेचीकाली : 2017-11-07 16:35:22

काँकडभिट्टा, २१ कात्तिक : पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ ।

पुरा पढ्नुहोस्

लक्ष्मण हत्याका आरोपी जेल चलान

मेचीकाली : 2017-11-05 13:08:22

झापा, १९ कात्तिक : झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ : अध्यक्ष ओली

मेचीकाली : 2017-11-03 13:23:40

झापा, १७ कात्तिक : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।”

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु