Wednesday, 26 September 2018 03:02 pm, Nepal

तराईका तीन जिल्ला डेंगुको जोखिममा

मेचीकाली : 2018-04-11 13:52:20

झापा, २८ चैत : झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

पुरा पढ्नुहोस्

प्रहरीमाथि खुकुरी प्रहार

मेचीकाली : 2018-04-04 16:56:06

झापा, २१ चैत : झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

घिउको मूल्यमा कमी

मेचीकाली : 2018-03-26 15:14:17

झापा १२ चैत : झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले घिउ प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ ।

पुरा पढ्नुहोस्

बेहुलो भाग्दा रु ३५ लाख जरिवाना

रासस: 2018-03-20 14:03:19

– सुरेन्द्र भण्डारी

झापा, ६ चैत : कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिर्नुभएको छ ।

पुरा पढ्नुहोस्

दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

मेचीकाली : 2018-03-08 17:11:08

झापा, २४ फागुन : एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु