Wednesday, 26 September 2018 02:02 pm, Nepal

आमाछोरी नै थलिएपछि सहयोगको अपिल

मेचीकाली : 2018-05-10 16:57:56

झापा, २७ वैशाख : खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो ।

पुरा पढ्नुहोस्

दाताको भरमा २२ शिक्षकलाई तलब !

मेचीकाली : 2018-05-06 17:54:13

– सुरेन्द्र भण्डारी

सुरुङ्गा, २३ वैशाख : कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो ।

पुरा पढ्नुहोस्

राजधानी माग्दै आन्दोलन नगर्नुस् : प्रधानमन्त्री ओली

मेचीकाली : 2018-05-02 18:44:01

झापा, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले दमकबासीलाई प्रदेशको राजधानी माग गर्दै आन्दोलन गर्नेतर्फ नलाग्न आग्रह गर्नुभएको छ । आज दमकमा दोस्रो साना शहरी खानेपानी आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न शहरमा प्रदेश राजधानी माग गर्दै आन्दोलन भएकोतर्फ संकेत गर्दै दमकलाई भने त्यसतर्फ नलाग्न आग्रह गर्नुभयो ।

पुरा पढ्नुहोस्

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

मेचीकाली : 2018-04-22 12:54:32

झापा, ९ वैशाख : झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

न्यायको खोजीमा धनमाया

मेचीकाली : 2018-04-19 13:14:23

काँकडभिट्टा, ६ वैशाख : वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उहाँको परिवारले घरबाट निकालेको हो । उहाँलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए । जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु