Monday, 16 July 2018 04:20 pm, Nepal

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

मेचीकाली : 2018-05-31 16:16:52

दमक, १७ जेठ : झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

रासस: 2018-05-14 14:58:48

दमक, ३१ वैशाख : सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

पुरा पढ्नुहोस्

बम विस्फोटको आरोपमा पक्राउ

मेचीकाली : 2018-05-13 15:49:28

झापा, ३० वैशाख  : झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

आमाछोरी नै थलिएपछि सहयोगको अपिल

मेचीकाली : 2018-05-10 16:57:56

झापा, २७ वैशाख : खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो ।

पुरा पढ्नुहोस्

दाताको भरमा २२ शिक्षकलाई तलब !

मेचीकाली : 2018-05-06 17:54:13

– सुरेन्द्र भण्डारी

सुरुङ्गा, २३ वैशाख : कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु