Friday, 24 November 2017 12:34 am, Nepal

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

मेचीकाली : 2017-11-22 13:26:37

इलाम, ६ मंसिर : मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पुरा पढ्नुहोस्

इलाम दूधमा आत्मनिर्भर

मेचीकाली : 2017-11-20 16:11:44

इलाम, ४ मंसिर: इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३/७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

पुरा पढ्नुहोस्

लोपोन्मुख लेप्चा समुदायको माग : शिक्षा, स्वास्थ्य र रोजगारी

मेचीकाली : 2017-11-17 14:09:08

इलाम, १ मंसिर : इलामको पूर्वी क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख लेप्चा समुदायले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी हामी लेप्चा समुदायको माग हो,’ नयाँशक्ति नेपालका इलाम क्षेत्र नं १ प्रतिनिधिसभातर्फका उम्मेदवार मानवीर लेप्चाले भन्नुभयो, “आफ्नो पार्टीका तर्फबाट यी एजेण्डालाई प्राथमिकता दिनेछौँ ।”

पुरा पढ्नुहोस्

तराई झर्न डराउँछन् पहाडिया

मेचीकाली : 2017-10-29 13:03:45

इलाम, १२ : कात्तिक पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउनुहुन्छ ।

पुरा पढ्नुहोस्

अदुवाको परिकारबाट मनग्य आम्दानी

मेचीकाली : 2017-10-28 16:27:50

इलाम, ११ कात्तिक : भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु