Friday, 24 November 2017 06:50 pm, Nepal

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

मेचीकाली : 2017-11-23 10:41:21

– हरि लामिछाने

ताप्लेजुङ, ७ मंसिर : फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ ।

पुरा पढ्नुहोस्

जिप दुर्घटनामा दुईजनाको मृत्यु

मेचीकाली : 2017-10-09 14:51:14

ताप्लेजुङ, २३ असोज : पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

मेचीकाली : 2017-09-19 14:42:22

ताप्लेजुङ, ३ असोज : “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थप लगानी पनि बढाए । तर हुर्किएका बिरुवा सोचेजस्तो बिक्री नभएपछि उनलाई हैरानी भएको छ ।

पुरा पढ्नुहोस्

सडक आयो, गाडी आएनन्

मेचीकाली : 2017-09-05 17:54:37

ताप्लेजुङ, २० भदौ : ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् । दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन् ।

पुरा पढ्नुहोस्

हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

मेचीकाली : 2017-07-14 14:16:18

ताप्लेजुङ, ३० असार : जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु