भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे


भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
मेचीकाली , 

काठमाडौं -यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरेको छ।

समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार यस वर्ष यमपञ्चकका पर्व कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्। यमपञ्चकको पहिलो दिन कात्तिक २० गते धनतेरस र यमदीपदान गरिनेछ। कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती, २२ गते कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा मनाइनेछ।

त्यस्तै, कात्तिक २३ गते गाईपूजा र २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको पर्व भाइटीका मनाइनेछ।

समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ। भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने तथा मखमली र सयपत्रीका माला पहिर्‍याउने परम्परा छ

प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो विपी राजमार्ग