धुलिखेलमा पुर्व जनप्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्ता एमाले प्रवेश


धुलिखेलमा पुर्व जनप्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्ता एमाले प्रवेश
मेचीकाली , 

धुलिखेल-धुलिखेलमा पुर्व जनप्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पार्टी परित्याग गरि पुर्व जनप्रतिनिधि समेत रहेका जिल्ला प्रशिक्षण विभाग सदस्य धुलिखेल १२ निवासी प्रविण सापकोटासहितका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा सापकोटा धुलिखेल १२ मा वडा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेस काभ्रेको जिल्ला प्रशिक्षण विभाग सदस्य समेत रहेका सापकोटा सहित नेपाली कांग्रेसबाट २०७४ तथा २०७९ मा उम्मेदवार रिता परियार ,नेकपा समाजवाादीबाट धुलिखेल नगरपालिका वडा नं १२ का राजेश सापकोटा, नेपाली कांग्रेस धुलिखेल नगर समिति सदस्य सुवास सापकोटा, रास्वपा धुलिखेल नगरपालिका वडा नम्बर ८ का कोषाध्यक्ष अनिष तिमल्सिना लगायत एक दर्जन भन्दा धेरै ब्यक्तिहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।

आज बिहान धुलिखेलमा आयोजित एक कार्यक्रमका बीच एमाले बागमती प्रदेश कमिटी सदस्य अशोक व्यान्जु, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल लगायतले उनीहरूलाई एमालेमा स्वागत गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु