Saturday, 23 September 2017 05:59 am, Nepal

सरकारले तातोपानी नाका बन्द गराउन लागेको आरोप

मेचीकाली : 0000-00-00 00:00:00


कान्तिपुर संवाददाता
बाह्रबीसे, ६ माघ । सरकारै तातोपानी नाका बन्द गराउन लागेको भन्दै यसका विरुद्ध संघर्षमा उत्रने चेतावनी नेपाल-चीन व्यापारमा संलग्न व्यापारी र राजनीतिक दलका कार्यकर्ताले दिएका छन् । तातोपानी नाकाको हरेक समस्याप्रति बेवास्ता गरी अर्थ मन्त्री रामशरण महत र सरकारका उच्च अधिकारीले असहयोगी व्यवहार देखाएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । कर्मचारी अभावमा तातोपानी भन्सारको कारोबार चार दिनदेखि अवरुद्ध छ । नेपाली कांग्रेस, एमाले, नेपाल मजदु र किसान पार्टीका स्थानीय नेताहरू, व्यापारी र संघसंस्थाका प्रतिनिधिले यस्तो चेतावनी दिएका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजना गरेको
सुख्खा बन्दरगाहा, भन्सार एवं ढुवानी समस्या विषयक छलफल कार्यक्रममा सहभागी सबैले यस्तो विचार राखेका थिए । 'कसैको फाइदा बेफाइदाको आधारमा नाका बन्द गराउन हुँदैन,' एमाले वाग्मती अञ्चल समन्वय कमिटीका सचिव अरुण नेपालले भने- 'त्रुटी सच्याउने जिम्मेवारी सरकारको हो ।' राजस्व हेर्ने अर्थ सचिव रामेश्वर खनालले नेपाल-चीन उद्योग वाणिज्य संघद्वारा बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा भन्सार गलत व्यापारीको प्रभावमा परेको र चोरी निकासी बढेको आरोप लगाएका थिए । उनले भनेका थिए- 'यही अवस्था रह्यो भने नाका बन्द गर्नुपर्ने हुनसक्छ ।' अर्थमन्त्री महतले पनि र्सार्व जनिक कार्यक्रममा भन्सार वदनाम हुँदै गएको बताउँदै आएका छन् । भन्सार बन्द हुने अवस्था आयो भने दुर्भाग्य हुन्छ, नेपाली कांग्रेसका स्थानीय नेता हरिशरण श्रेष्ठले भने- यसका विरुद्ध सबै दल र स्थानीय बासिन्दालाई एक भएर लड्न आग्रह गरे । संघका अध्यक्ष राजे न्द्रकुमार श्रेष्ठले सरकार नै नाका बन्द गराउन लागेको भन्दै अपत्ति प्रकट गरे । भन्सार सुधार्न पटक-पटक छलफल भए पनि सहमति कार्यान्वयन हुँदैन, उनले थपे - 'चोरी निकासी नियन्त्रण गर्ने दायित्व सरकारको हो । सुख्खा बन्दरगाह नाकाकै जिल्लामा बन्नु पर्छ, नेपाल चीन-मितेरी व्यापार संघका अध्यक्षबहादुर शेर्पाले चेतावनी दिए- यसो हुँदैन भने संर्घष्ामा उत्रन्छौं । भन्सार प्रमुख सन्तोष श्रेष्ठले कर्मचारी अभावमा छिटोछरितो ढंगले काम हुन नसकेको बताए । समस्या धेरै छन्, उनले भने- विभिन्न वहानामा पटक-पटक नाका बन्द हुँदा चिनियाँ पक्षले समेत प्रश्न गर्छन् । उनले झोलेपोके व्यापारको नाममा दैनिक १२ सयभन्दा बढीको भीडले व्यापार गर्दा राजस्व चुहावट बढेको स्वीकार गरे । राजस्वको प्रतिवेदनका आधारमा दुइ महिना नौ जान कर्मचारीलाई तातो पानीबाट फिर्ता बोलाए पनि त्यसको बदलामा अन्यलाई नपठाउ“दा यो समस्या आएको हो । दरबन्दीअनुसारको कर्मचारीको अभाव भएको दुइ महिना बितेको छ । यसबाट आयातित सामान जा“च हुन नसक्दा दुइ सय कन्टेनर सीम क्षेत्रमा अलपत्र छन् । करोडौंका सामान राजधानी भित्रन सकेको छैन, वाणिज्य संघका प्रथम उपाध्यक्ष रामहरि थापाले भने- 'ढुवानी भाडा डेढ लाख पुगेको छ । नाकामा सात सय कन्टेनर सञ्चालित छन् । यसअघि खासादेखि राजधानीसम्मको ढु वानी भाडा ४०/४५ हजार थियो । यो नाकाबाट जाडो मौसमका तयारी पोसाक, इलेक्ट्रोनिक सामान,मखमल कपडा, फर्निचर, खेलौना, डेकुरेटिभ सामान, लसुन, प्याज, स्याउलगायतका वस्तु आयात हु नर्ेगर्छ । हाल राजधानीमा पाइने जाडोका अधिकांश तयारी पोसाक तातोपानी नाकाबाटै आउने गर्छ ।
कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु