Sunday, 18 November 2018 06:37 pm, Nepal

सहारा बचतको साधारणसभा सम्पन्न

मेचीकाली : 2018-10-16 08:42:56


पनौती, ३० असोज :

साहारा बहुउद्देश्यीय सहकारी संस्था लि. पनौती –२ कुशादेवीको १४ औं बार्षिक साधारण सभा कुशादेवी मा.वि.का प्र.अ.  श्याम प्रसाद भुजुको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष दिनेश हुमागाईको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति भुजुले संस्थाले विगत देखि वर्तमान सम्मका कामका बारेमा चर्चा गर्दै आगामि दिनमा अझ सक्षम र सेवामुखि भएर लाग्न सुझाव समेत दिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरज सापकोटा, हाम्रो बैकका अध्यक्ष विष्णु प्रसाद सापकोटा,जागृति नारी चेतनाकी अध्यक्ष कमला अधिकारी, कुशादेवी साकोसका अध्यक्ष शशिकुमार बोलखे, पशुधन सुरक्षण समितिका अध्यक्ष बालचन्द्र आर्चाय, मनास्लु साकोसका अध्यक्ष अजय हुमागाई, हिमाल साकोसका सचिव दिपक न्यौपाने लगायतले शुभकामना मन्तव्य र सहकारीका बारेमा भनाई राखेका थिए ।

संस्थाका उपाध्यक्ष विनोद लामाले स्वागत मन्तव्य राखेको उक्त सभामा  संस्थाका अध्यक्ष दिनेश हुमागाईले संस्थाका वार्षिक गतिविधिका बारेमा जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७४÷०७५को वार्षिक प्रतिबेदन सचिब राजकुमार सापकोटा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष लक्षण्म सापकोटाले राखेका थिए । संस्थाको वासालात ५ करोड ७५ लाख ७८ हजार रहेको छ । सभामा लेखा तथा सुपरीबेक्षण समितीको प्रतिबेदन राम प्रसाद सापकोटाले राखेका थिए ।

संस्थाले बचत संकलन र कर्जा लगानीको अलवा सामाजिक उत्तरदायित्वका कार्यहरुमा वृद्घवृद्घा सम्मान,विभिन्न बिदामा उत्कृष्टलाई सम्मान, रत्तदान कार्यक्रम, स्वास्थ परिक्षण शिविर, खेलकुद ,बाख्रा साटसाट कार्यक्रम,कुखुरा पालन कार्यक्रम, मरणोपरान्त शोक अनुदान, बाल सदस्य प्रोत्साहन कार्यक्रम, रेमिट सेवा, स्वरोजगार कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरु, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, असल ऋणि, असल दैनिक बचतकर्ता र ६५ वर्ष पुरा भएका वृद्घवृद्घालाई सम्मान गरिएको संस्थाका सह–व्यवस्थापक पुष्पराज बोलखेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु