Sunday, 18 November 2018 06:27 pm, Nepal

बेल्ट वितरण तथा शुभकामना आदान प्रदान

मेचीकाली : 2018-10-15 14:22:43


       बनेपा/नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघ काभ्रेको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ ।        बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले खेल राष्ट्र र स्वास्थ्यका लागि भएकाले नगरपालिकाले खेलका लागि आवश्यक कार्यक्रम र सहयोग उपलब्ध गराउँदै आएको बताए ।

खेलले ब्यक्तिको जीवन मात्रै नभई राष्ट्रको सम्वृद्धमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउँदै नगर प्रमुख बादेले अनुशासनले ब्यत्तित्वमा प्रभाव पार्ने बताए । कार्यक्रममा नेपाल ब्रान्च चिफ अशोक श्रेष्ठको अध्यक्षता रहेको थियो भने नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुवर चौ प्रधान, काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, जिल्ला अध्यक्ष रहदेव पोटे, सचिव हरिगोपाल मानन्धर लगायतले खेलको महत्वका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा छिमेकी जिल्ला भत्तपुर, काठमाडौ तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
       प्रतियोगितामा असोज २० गते सम्पन्न बेल्ट प्रमोशन टेष्टमा उर्तिण हुने खेलाडीहरुलाई विभिन्न विद्याको बेल्ट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु