Sunday, 18 November 2018 06:27 pm, Nepal

बिहानसम्म करिब २५ लाख मान्छेले राजधानी छाडे

मेचीकाली : 2018-10-15 10:54:37


दशैंसँगै रित्तिदै काठमाडौं
काठमाडौं, २९ असोज :

दशै मनाउनका लागि घर जानेहरुको संख्या हरेक दिन बढ्न थालेको छ । राजधानीबाट गाउँ फर्किनेहरुको भिडले यातायातका साधनसँगै  सडकमा पनि चाप निकै बढेको छ । आज बिहानसम्म करीव २५ लाख मान्छेले काठमाडौं उपत्यका छाडेको प्रहरीले बताएको छ ।

महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक वसन्त पन्तले अष्टमीसम्म पनि मान्छेहरु जानेक्रम जारी रहने भएकाले जानेहरुको संख्या बढ्न सक्ने बताउनुभयो । काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् । त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकुर सहितको सुरक्षा चेकजाँचको व्यवस्था मिलाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु