Sunday, 18 November 2018 06:17 pm, Nepal

प्रहरी ऐन पारितको विषयलाई लिएर प्रदेश नम्बर २ का दलहरुबीच विवाद

मेचीकाली : 2018-10-15 10:53:46


धनुषा, २९ असोज :

प्रदेश प्रहरी ऐन पारितको बिषयलाई लिएर प्रदेश नम्बर २ का दलहरुबीच विवाद भएको छ । प्रदेश नम्बर २ ले हिजो प्रदेश प्रहरी बिधेययक पारित गरेको थियो । नेकपाले आफुहरुसंग पर्याप्त छलफल नगरी नियम निलम्बन गरेर विधेयक पारित गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

नेकपाका सांसद सत्यनारायण मण्डलले विधेयक पारित गर्दा आफुहरुसंग कुनै सहमति नलिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।तर आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने नेकपाको यो आरोपलाई खण्डन गर्नुभएको छ ।  सीआईएनसंग कुरा गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले नेकपाकै सल्लाहमा विज्ञ समुह झिकाएर बारम्बारको छलफलपछि विधेयक पारित गरेको भन्दै नेकपाले झुठो आरोप लगाएको बताउनुभयो ।

तर नेकपा नेता मण्डलले २, ४ दिन छलफल गरेर विधेयक पारित गर्न आफुले आग्रह गरेपनि नमानेर एकलौटी रुपमा विधेयक पारित गरेको भन्दै असहमति जनाउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु