Sunday, 18 November 2018 06:16 pm, Nepal

मण्डनदेउपुरमा नगरबस सुरु

मेचीकाली : 2018-10-14 18:18:03


काभ्रेलाई मुलुककै केन्द्रको रुपमा विकास गर्न माधव नेपालको सुझाव
काभ्रे, २८ असोज : नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले काभ्रेलाई प्रदेशमात्र नभई मुलुककै केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।आज काभ्रेको मण्डन देउपुर नगरपालिकामा नगर बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नेकपाका नेता नेपालले काभ्रेलाई प्रदेशको राजधानी बनाउने विषयमा सांसदहरु, पार्टीका नेता तथा सरोकारवालाबीच बहस चलाउनुपर्ने बताए ।
उनले काभ्रेकोपाँचखाल तातोपानी नाकासँग सिधा जोडिएको तथा अन्य विभिन्न जिल्लाको केन्द्रसमेत बन्नसक्ने भएकाले सोही अनुसार पाँचाखाल क्षेत्रको विकास गर्नुपर्ने बताए । विकास निर्माणका कामलाई तीब्रता दिन प्रधानमन्त्री नै क्रियाशिल हुनुपर्ने भन्दै नेपालले त्यसका लागि प्रधानमन्त्रीले मन्त्री, सचिव, महानिर्देशक र निर्माण व्यवसायीमाथि समेत डण्डा चलाउनुपर्ने बताए । सुशील कोइराला नेतृत्वको सरकारको पालादेखि नै स्थानीय तहका लागि आवश्यक कानुन निर्माण गर्न ढिलाई भएका कारण अहिले अधिकारका विषयमा समस्या आएको नेता नेपालको भनाई थियो ।

सोही कारण स्थानीय तहले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपरेको उनले बताए । नेता नेपालले काभ्रेको बनेपामा विमानस्थल निर्माणको चर्चाबारे हचवाका आधारमा नभई विमानस्थल निर्माणपछि त्यसबाट लिनसक्ने फाइदाको अध्ययन गरेरमात्रै काम अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा नेता नेपालले जिल्ला मै पहिलोपटक मण्डन देउपुर नगरपालिकाले सुरु गरेको नगरबस सेवाको शुभारम्भ गरेका थिए । नगरपालिकाको अग्रसरतामा सुरु भएको नगरबस सेवामा हाल ६ वटा बस सञ्चालनमा ल्याइएको छ भने चाँडै १५ वटासम्म पु¥याउने बताइएको छ । यो सेवा कुन्ताबेसीबाट नयाँगाउँ हुँदै नगरकोट, नगरकोटबाट देउपुर हुँदै कुन्ताबेसी तथा कु्रन्ताबेसीबाट कोलाचौर तथा ५० किलो हुँदै दोलालघाटसम्म सञ्चालन हुनेछ । यहाँ हेलम्बु यातायात सेवा समितिले बस सेवा सञ्चालन गरेको हो । कार्यक्रममा नेकपा प्रदेश नंवर ३ का सहइन्चार्ज हितमान तामाङ, पुर्व सभासदद्वय कृष्णप्रसाद सापकोटा तथा बिदुर सापकोटा, प्रदेश सांसदहरु लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकवहादुर वाइवा, उपप्रमुख निर्मला शाही, राजनीतिक दलका प्रतिनिधि लगायतले नगरबस सेवा सुरु भएपछिको फाइदाका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु