dashain
Wednesday, 17 October 2018 03:37 pm, Nepal

विवाद टुङ्गो लगाउन नेकपाका नेताहरु छलफलमा

मेचीकाली : 2018-10-12 10:00:03


काठमाडौं, २६ असोज :

शीर्ष नेताबीच कुरा नमिल्दा लम्बिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण प्रक्रिया दसैंअघि नै सकिने भएको छ । नेकपाको माथिल्लो तहमा एकिकरणपछि कार्यविभाजन भए पनि तल्लो तहका जिल्ला, प्रदेश तथा जनवर्गिय संगठनमा एकता हुन अझै बाँकी छ । यसअघि सचिवालयले गरेका निर्णयमा नेता माधव नेपाल समूह असन्तुष्ट बनेपछि नयाँ मापदण्ड तय गर्ने बारेमा छलफल चलेको छ ।

नेता सुवासचन्द्र नेम्वाङले दशैअघि विवाद मिल्ने दाबी गर्नुभयो । भोलि नेकपाले सचिवालय बैठक बोलाइको छ  ।  उहाँले नेताहरुबीच आन्तरिक छलफल भइरहेको पनि बताउनुभएको छ । नेता नेम्वाङका अनुसार सचिवालयको बैठकले मापदण्ड बनाइसकेकाले विवाद रहेका ठाउँमा छलफल गरेर टुङ्गो लगाइनेछ । वामदेव गौतमले सांसद बन्न चुनाव नलड्ने बताउनुभएपनि त्यस विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु