dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

बामदेवलाई काठमाडौं ७ बाट चुनाव लडाउने तयारी

मेचीकाली : 2018-10-09 08:09:04


मानन्धर पद छाड्न तयार
काठमाडौं, २३ असोज :

नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पासहितका लैजाने प्रयास असफल भएपछि काठमाडौंबाट चुनाव लडाइने भएको छ । उनलाई सांसद बनाउन अब काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ । नेकपाकोसचिवालय बैठकमा गौतमलाई सांसद बनाउनको लागि काठमाडौं ७ खाली गराउने विषयले प्रवेश पाएको छ ।

 पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी पार्टी बैठकमा गराएका छन् । यता आफ्ना तीन शर्त पार्टी नेतृत्वले स्वीकार गरेपछि सोही क्षेत्रका सांसद मानन्धरले पार्टी नेतृत्वसमक्ष सांसद पदबाट राजिनामाको पत्र बुझाएका छन् । पार्टीका बरिष्ठ नेता गौतमलाई प्रतिनिधि सभामा पु¥याउनका लागि सांसद श्रेष्ठले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजिनामा पत्र बुझाएका हुन् । प्रचण्डले बोकेर गएका नेता गौतमलाई प्रतिनिधि सभामा उठाउनुपर्ने सांसद मानन्धरको माग र प्रतिनिधि सभा सदस्य पदबाट राजिनामा पत्र महासचिव बिष्णु पौडेलले पढेर सुनाएका थिए ।

 स्रोतका अनुसार गौतमलाई काठमाडौँ ७ बाट प्रतिनिधि सभामा उठाउने विषयमा पार्टी अध्यक्ष प्रचण्ड, नेता गौतम र सांसद मानन्धरबीच कुराकानी भएको थियो । कुराकानीमा प्रतिनिधि सभा सदस्य पदबाट राजिनामाका लागि मानन्धरले पार्टी नेतृत्व समक्ष तीन माग राखेका थिए । उनले राखेका तीन मागमा– नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनुपर्ने रहेका छन् । अध्यक्ष प्रचण्ड र नेता गौतमले उनको माग पुरा हुनुपर्ने बताएपछि उनले गौतमलाई काठमाडौँ–७ छाड्न आफू तयार रहेको जनाउँदै मानन्धरले सोही क्षेत्रको सांसद पदबाट राजिनामा दिएको पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु