dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

मेचीकाली : 2018-10-04 11:32:03


डोटी, १८ असोज: डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना रु एक हजार ५०० प्रदान गर्ने भएको छ । गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छाँै ।”

सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना रु ५०० भत्ता दिने दिइने भएको छ । एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हाँै, यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।”

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु