dashain
Wednesday, 17 October 2018 07:35 am, Nepal

दुर्गन्धित पानी पिउन बाध्य छन, बाढीपीडित

मेचीकाली : 2018-10-02 13:02:53


राजविराज, १६ असोज : सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् ।घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताउनुभयो ।

ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ वासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडित राम सदाले बताउनुभयो । दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका वासिन्दा बिरामी पर्न थालेको बताइएको छ ।

दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु