dashain
Wednesday, 17 October 2018 03:49 pm, Nepal

भक्तपुरबाट अपहरण गरी काभ्रे ल्याइएका व्यक्तिको उद्धार, आठजना अपहरणकारी पक्राउ

मेचीकाली : 2018-09-06 18:11:01


काभ्रे, २१ भदौ :

भक्तपुरबाट अपहरण गरी ल्याइएका व्यक्तिको उद्धार गर्दै प्रहरीले आठजना अपहरणकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ४७ वर्षिय विष्णु कटुवाललाई अपहरण गरेर काभ्रे ल्याउने क्रममा प्रहरीले कटुवालको उद्धार गर्दै अपहरणमा संलग्न ८ अपहरणकारीलाई पक्राउ गरेको हो ।  सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका–४ का  कटुवाललाई भक्तपुरको सल्लाघारीबाट जबरजस्ती ट्याक्सीमा राखेर काभ्रेमा ल्याउने क्रममा प्रहरीले धुलिखेल नगरपालिका–५ चौकोटबाट अपहरणकारीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाह र प्रहरी चौकी पनौतीका ईन्चार्ज प्रहरी नायव निरिक्षक शिवहरि कार्कीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपहरणमा संलग्न बनेपा नगरपालिका–१ का दिपक भुजेल, नमोबुद्द नगरपालिका–१० का राजन घोरासैनी, सर्लाही घर भई बनेपा बस्ने कृष्णहरी अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने बर्ष रामेश्वर सिलवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसैगरि प्रहरीले अपहरणमा संलग्न मकवानपुर पालुङ–७ बस्ने गाडी चालक नकुल कार्की, रामेछाप खाडादेबी गाउँपालिका– १ का टेक बहादुर बि.क., काठमाडौँ महानगरपालिका–३२ का धननारायण तण्डुकार र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ५ घर भई हाल मकवानपुर बस्ने रन्जन सिलवाल रहेका छन् । प्रहरीले अपहरणमा प्रयोग गरिएको बा.५.च ८७३५ नम्बरकोे प्राईभेट कार, बा.७८.प ५०५ नम्बरको मोटरसाईकल र बा.३४.प ५०० नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेमा व्यक्तिहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि महानगरिय प्रहरी परिसर भक्तपुर पठाइएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु