dashain
Wednesday, 17 October 2018 07:29 am, Nepal

ठक्करबाट दुईको मृत्यु

मेचीकाली : 2018-08-21 04:43:03


चितवन, ५ भदौ : गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन । यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो । घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु