Wednesday, 26 September 2018 02:52 pm, Nepal

काभ्रेको मण्डनमा पहिरोमा पुरिएर एक बालकको ज्यान गयो

मेचीकाली : 2018-08-08 15:05:57


काभ्रे, २३ साउन :

काभ्रेको मण्डन देउपुर नगरपालिकामा पहिरोमा पुरिएर एक बालकको ज्यान गएको छ । पहिरोमा पुरिएर स्थानीय १८ बर्षका बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मण्डन देउपुर नगरपालिका वडा नम्वर १० छापमा परेको अविरल बर्षातका कारण स्थानीय हेमबहादुर तामाङको घर कटेज बगाएको थियो ।

भुकम्पका कारण पक्कि घर ढलेको र नयाँ घर निर्माण नगरि टहरामै बसिरहेको अवस्थामा हेमबहादुरको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । बासले बनाएको कटेजमा बस्दै आएका हेमबहादुर सहित ६ जनाको परिवार कटेज बाहिर निस्किए पनि बालकलाई निकाल्न नसकिएका कारण पुरिएको बताईएको छ । घटना भएको जानकारी पाए लगत्तै प्रहरी उद्धारका लागि खटिएको थियो । पहिरोका कारण हेमबहादुर तामाङको १८ महिनाको छोरा दिपक तामाङ पुरिएको अवस्थामा फेला परेका थिए ।

हेमबहादुरका चारवटा बाख्रा समेत पहिरोले पुरेर बेपत्ता बनाएको छ । बाँस र जस्ताले बनाएको टहरा पुर्ण रुपमा क्षति भएको छ । पहिरोबाट हेमबहादुर र उनको श्रीमती सितामाया तामाङ घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु