Wednesday, 26 September 2018 02:52 pm, Nepal

इन्काउन्टरमा मारिए दुई अपहरणकारी, अपहरित बालकको हत्या

मेचीकाली : 2018-08-06 15:33:38


भक्तपुर, २१ साउन :

काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ । ११ वर्षीय निशान खड्काको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिएको हो । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी मनोज न्यौपानले जानकारी दिए ।

अपहरणकारीले आइतबार बालकको अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा दुईजना अपहरणकारीसमेत मारिएका छन् । मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् । अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जंगलमा सोमबार दिउँसो अपहरणकारीलाई ‘इन्काउन्टर’ गरी मारेको छ ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा दुईजना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल, दुई राउन्ड गोली र अपहरणपछि फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्तिहरु रहेको जनाइएको छ ।

उनीहरु आइतबार दिउँसो बालकको आमाले सन्चालन गर्ने खाजा पसलमा आएर बसेका थिए । साँझ बच्चालाई घुम्न भनेर लिएर गइ अपहरण गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु