Wednesday, 26 September 2018 03:05 pm, Nepal

कक्षा १२ को परीक्षाफल सार्वजनिक

मेचीकाली : 2018-08-02 12:40:15


भक्तपुर, १७ साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१जना छन् ।
त्यस्तै  २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु