Wednesday, 26 September 2018 02:50 pm, Nepal

जुरे पहिरोको चार बर्ष : पीडितको अवस्था जस्ताको तस्तै

मेचीकाली : 2018-08-02 08:26:58


सिन्धुपाल्चोक, १७ साउन :

सिन्धुपाल्चोकको जुरेमा पहिरोले सिंगो गाउँ बगाउँदा १ सय ४५ जनाको ज्यान गएको आज चार बर्ष पुरा भएको छ । पहिरो गएको चार बर्षको अवधीमा अधिकांश पहिरोपीडितको अवस्था भने उस्तै रहेको पाइएको छ । पीडितको नाममा संकलन भएको साढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएपनि पीडितहरु अहिले पनि अन्यत्र गएर बस्न बाध्य छन् ।

यस्तै जुरे आसपासका करिब २ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । वर्षामा उक्त सडकमा सधैं समस्या हुने गरेको छ । १७ साउन २०७२ को राती जुरेमा पहाडै खसेको थियो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाएका थिए । पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको २ करोड २४ लाख रुपैयाँ चार वर्षसम्म सरकारी खातामा रोक्का भएर बसेको छ । पहिरोपीडितको राहत रकम सरकारले नै ‘कब्जा’ गरिरहेपछि पटकपटक पहिरोपीडितहरु जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयसम्म पनि थाएका थिए । तर चार वर्षसम्म पनि जसका नाममा पैसा संकलन भयो उनीहरुले नै पाएका छैनन् । गृह मन्त्रालयले जुरे पहिरोपीडितका लागि आएको राहत रकमको खाता फुकुवा गरेको एक बर्ष भएपनि पीडितको हातमा पैसा पुगेको छैन । उनीहरुका लागि सरकारले पुनर्वासको योजनासमेत अलपत्र अवस्थामा रहेको छ । पहिरोपीडितले क्षणिक रूपमा राहत पाए पनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै प्रयास हुन सकेको छैन ।

 सरकारी उदासीनताका कारण विस्थापितहरुको पुनर्वासको व्यवस्था हुन सकेको छैन । चार वर्षसम्म आफूहरुले शरणार्थी जिन्दगी बिताइसकेको पीडितहरुको भनाई छ । अहिले कतिपय पीडित लामोसाँघुस्थित म्याग्नेसाइटको जग्गामा शरणार्थी बनिरहेका छन् भने कोही काठमाडौंमा भाडामा बसिरहेका छन् । पहिरोपीडितको खाता फुकुवा भए पनि संकलित रकम वितरण गर्ने वा पहिरोपीडितलाई घर नै बनाइदिने भन्ने टुंगोमा पुग्न नसकेपछि दैवी प्रकोप उद्धार समितिले सरोकारवाला तथा पीडितहरुसँग पटकपटक छलफल गरे पनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु