Friday, 17 August 2018 10:31 pm, Nepal

आजदेखि विश्व स्तनपान सपताह सुरु

मेचीकाली : 2018-08-01 09:26:55


काठमाडौं, १६ साउन :

आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । सन् १९९० मा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको पहलमा विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरिएको थियो । ‘स्तनपान जीवनको आधार’ भन्ने नारासहित यस वर्ष पनि यो दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।

नेपालका विभिन्न अस्पताल, स्वास्थ संस्थामा आजदेखि साउन २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइने भएको छ । स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन यो सप्ताह मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु