dashain
Wednesday, 17 October 2018 06:59 am, Nepal

माछा मार्न जाँदा डुबेर मृत्यु

मेचीकाली : 2018-07-30 10:09:23


चितवन, १४ साउन :

चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु