dashain
Wednesday, 17 October 2018 05:49 pm, Nepal

‘लिफ्ट’बाट गाउँमा खानेपानी

मेचीकाली : 2018-06-11 13:00:00


बागलुङ, २८ जेठ :

गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ । तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पानीको स्रोत बस्तीदेखि तल हुँदा स्थानीयवासी खानेपानीको सहज पहुँचबाट वञ्चित थिए । धेरै समय खर्चेर र पालो कुरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर राना कुमालले बताउनुभयो । “खानेपानीका लागि ठूलो दुःख थियो”, उहाँले भन्नुभयो, “आयोजना बनेपछि गाउँले खुशी छन् ।” गलकोट नगरपालिकाको रु दुई लाख र उपभोक्ताको चन्दा तथा श्रमदानबाट रु डेढ लाख गरी कूल रु तीन लाख ५० हजारको लागतमा आयोजना बनेको हो ।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि रु १० हजार चन्दा सहयोग गरेको थियो । मूलबाट तानेको पानीलाई जम्मा गर्न १९ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । कुमाल बस्तीमा चौबीसै घण्टा खानेपानीको सुविधा पुगेको वडाध्यक्ष डम्बर श्रीसले बताउनुभयो । आयोजना निर्माणका लागि वडा तहबाटै योजना सिफारिस भएको थियो । “वार्डले समस्या पहिचान गरी तत्काल आयोजना बनाउन पहल गरेको हो”, अध्यक्ष श्रीसले भन्नुभयो ।

नगरपालिका, वडा र उपभोक्ताको संयुक्त लगानी र पहलमा आयोजना सम्पन्न भएको हो । खानेपानी पुगेसँगै स्थानीयवासीलाई अन्य आयआर्जनका गतिविधिमा जोड्ने योजना रहेको वडाध्यक्ष श्रीसले बताउनुभयो । बस्तीदेखि तल स्रोत भएका ठाउँमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना प्रभावकारी देखिएको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता आयोजनाबाट खानेपानीको सुविधा पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु