dashain
Saturday, 20 October 2018 06:07 am, Nepal

काभ्रेलाई कुल ३ अर्ब २९ करोड ५६ लाख बजेट

मेचीकाली : 2018-05-30 13:26:13


सबैभन्दा बढी बनेपा र कम खानीखोलालाई
काभ्रे, १६ जेठ :

आगामी आर्थिक बर्षका लागि काभ्रेमा बनेपा नगरपालिकाले सबैभन्दा बढी बजेट पाउने भएको छ । यस्तै सबैभन्दा कम बजेट खानीखोला गाउँपालिकाले पाउने भएको छ । काभ्रेका सबै स्थानीय तहका लागि गरी यसपटक कुल ३ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसमध्ये नगरपालिका तर्फ १ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बजेट आउने भएको छ ।

यस्तै गाउँपालिकातर्फ १ अर्ब ४४ करोड ६६ लाख रकम छुट्याइएको छ । हिजो संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक बर्षको बजेटअनुसार सबैभन्दा बढी बनेपा नगरपालिकाले ३७ करोड ९्र५ लाख रुपैयाँ बजेट पाउने छ । यस्तै सबैभन्दा कम खानीखोलाले १३ करोड ७९ लाख रुपैयाँ पाउनेछ । यस्तै जिल्लाको पनौती नगरपालिको ३३ करोड ७३ लाख, धुलिखेल नगरपालिकाले ३० करोड ९१ लाख, पाँचखाल नगरपालिकाले २८ करोड ६० लाख, नमोवुद्ध नगरपालिकाले २७ करोड २५ लाख र मण्डनदेउपुर नगरपालिकाले २६ करोड २६ लाख रुपैयाँ बजेट पाउनेछन् ।

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट रोशीले पाउने भएको छ । रोशी गाउँपालिकाले २८ करोड ९४ लाख पाउनेछ भने चौरी देउराली गाउँपालिकाले २५ करोड ३७ लाख रुपैयाँ पाउनेछ । यस्तै तेमाल गाउँपालिकाले २१ रोड ५१ लाख, भुम्लु गाउँपालिकाले २० करोड ३३ लाख, बेथानचोक गाउँपालिकाले १८ करोड ४३ लाख र महाभारत गाउँपालिकाले १६ करोड ४९ लाख रुपैयाँ बजेट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु