dashain
Wednesday, 17 October 2018 07:38 am, Nepal

भतिजाको हत्या गर्ने काका पक्राउ

मेचीकाली : 2018-05-22 10:52:37


राजविराज, ८ जेठ  :

सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो । सो झगडापछि आक्रोशित बनेका आनन्दले राति सुतेको अवस्थामा भतिजा पर्ने अजयको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु