Sunday, 27 May 2018 05:23 am, Nepal

शौचालय निर्माणका लागि ठाउँ खोज्दै महानगरपालिका

मेचीकाली : 2018-05-17 10:02:34


काठमाडौं, ३ जेठ :

  काठमाडौँ महानगरपालिका यतिबेला सार्वजनिक शौचालय निर्माणका लागि ठाउँ खोज्दैछ । महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । गत वैशाख १२ गते कामपाको कार्यपालिका बैठकले उक्त निर्र्णय गरेको हो ।

‘काठमाडौंमा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।’ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भन्नुभयो । कामपाले यसअघि ४४ स्थानमा शौचालय निर्माण गर्ने भने पनि राजधानीका अत्यन्त व्यस्त स्थानमा अझै पनि शौचालय नबनिसकेकाले वडालाई उपयुक्त स्थान पहिचानका लागि जिम्मा दिइएको उहाँले बताउनुभयो ।

 वडाबाट सिफारिश आएपछि मात्र कामपाले लागतसहितको डिजाइन तयार गर्नेछ । यो कामपाको दुई वर्षअघिकै योजना भए पनि अब भने तीव्ररुपमा काम हुने सूचना अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने कामपाको प्रयास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु