Tuesday, 21 August 2018 07:52 am, Nepal

मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मेचीकाली : 2018-05-17 10:01:37


काठमाडौं, ३ जेठ :

  नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक संयुक्त रुपमा मदन आश्रित स्मृति दिवस मनाउन लागेका हुन् ।  एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।

 मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आयोजना गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरुसमेत सहभागी भएका छन् । बिहानै एमालेको पुरानो कार्यालय बल्खुमा पुगेर तस्बिरमा माल्यार्णपण गरिएको छ । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमालेले गर्ने कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी भएका हुन् ।

 २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु