Tuesday, 21 August 2018 07:53 am, Nepal

एमाले र माओवादी पार्टी एकता आज

मेचीकाली : 2018-05-17 10:01:13


संयोजन समितिको बैठक बस्दै
काठमाडौं, ३ जेठ :

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकता हुने भएको छ । दुई दलका अध्यक्षसहित आज एकता संयोजन समितिले एकता प्रक्रियामा सहमति गरेपछि बेलुका एकता घोषणा गरिनेछ । बेलुका ५ बजे संयुक्त पत्रकार सम्मेलन गरि एकताको घोषणा गरिनेछ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज बिहानदेखि संयुक्त कार्यक्रममा सहभागि हुने र बेलुका संयुक्त पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिने सीआइएनलाई जानकारी गराउनुभयो ।

 एकताको विषयमा दुईजना अध्यक्षले गर्नुभएको सहमतिलाई दुई दलको बैठकले अनुमोदन गरिसकेको छ । आज  बिहान १० बजे एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको निर्णय अनुमोदन गरिने शर्माले जानकारी दिनुभयो । निर्वाचन आयोगमा दल दर्ताका लागि आजै निवेदन दिइनेछ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ । चुनाव चिन्ह सूर्य नै राखिएको छ । एकता संयोजन समितिले पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन तयार गर्न एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा गठन भएको दुई कार्यदलले चैत २० गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४३ सदस्यीय स्थायी कमिटी रहनेछ । ४४१ मध्ये २४१ एमालेबाट र दुई सय जना केन्द्रका तर्फबाट रहने मोटामोटी सहमति बनेको छ । त्यस्तै ४३ जना स्थायी कमिटीमा २५ जना एमालेको तर्फबाट रहने र १८ जना केन्द्रका तर्फबाट रहने सहमति दुई अध्यक्षबीच बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु